नीति निर्णयकर्ताहरुसगँ फेडोको छलफल सम्पन्न
पाेखरा | साउन ६, २०७९
पोखरा: दलित महिला संघ (फेडो) कास्कीको आयोजनामा बिहिबार पोखरामा नीति निर्णयकर्ताहरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
फेडोले नीति निर्णयकर्ताहरुसगँ आयोजना गरेको सो छलफल महिला जातिय बिभेद, लैङ्गकि बिभेद र बजेट योजना तर्जुमामा रहेको संघ कास्कीकी परियोजना कार्यक्रम संयोजक इश्वरी बिकले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय कास्कीको तर्फबाट महिला सेल समिक्षा खत्रिले गण्डकी प्रदेशमा घटेका महिला हिसांका घटना,जातिय हिसांका घटनाहरुको साथै तथ्याङको बारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रममा इन्सेक गण्डकीका संयोजक शिव खकुरेल, कोपिला नेपालको तर्फबाट श्याम सुन्दर ढुङगाना, सिआइसीका अमिन परियार एकल महिला संघको तर्फबाट जुना केसी, वडा नम्बर ६ र ८ को वडा सचिव, र जनप्रतिनिधि गैसस, एन्जियो फेडे्सन कास्कीका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
दलित महिला संघ कास्कीका अध्यक्ष सुमित्रा गायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक इश्वरी बिकले गरेकी हुन ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

